धनुषामा पेस्तोल देखाएर लुटपाट | Khabarhub Khabarhub

धनुषामा पेस्तोल देखाएर लुटपाट


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा गएराति लुटपाट भएको छ । धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित विजय यादवको घरमा लुटपाट भएको हो ।
४/५ जनाको संख्यामा आएको अज्ञात समुहले लुटपाट गरेको ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

उनका अनुसार लुटेरा समूहले विजय यादवकी छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगल सुत्र, ज्वाइँ संजय यादवको घाटीबाट सोही परिणामको सुन लुटेको छ ।

यस्तै ४० तोला चाँदी र तीन थान मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार डाँका समूहले कुटपीट समेत गरेका छन् । परिवारका सदस्य लुटेराको आक्रमणबाट घाइते भएको छ ।

उनीहरूले पेस्तोल देखाएर लुटपाट गरेको पीडित परिवारको गुनासो छ । प्रहरीले भने चक्कु देखाएर लुटपाट गरेको पाइएको जनाएको छ । प्रहरी निरीक्षक सुवेदीले भने, ‘सामान्य कुटपीट भएको छ । पेस्तोल होइन, स्थानीयसँग बुझ्दा चाक्कु देखाएर लुटपाट गरेको बुझिएको छ ।’

लुटेरा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर