डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा | Khabarhub Khabarhub

डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क अन्तिम चारमा पुगेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक/एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९औँ मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेकलाई २-१ को स्थितिमा ल्याए ।

डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ५८ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ