फोनबाट सुरु भएको आमिर–किरणको प्रेम | Khabarhub Khabarhub

फोनबाट सुरु भएको आमिर–किरणको प्रेम


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आज तक)– बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले अलग हुने निर्णय लिइसकेका छन् । बलिउडका यी ‘आइडल’ जोडीको सम्बन्धविच्छेदको खबरले उनका फ्यान चकित र दुःखी छन् ।

किरण आमिरकी दोस्रो श्रीमति हुन् । दुवैको प्रेमकथा एक फोनबाट सुरु भएको थियो । आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो ।

एक अन्तरवार्तामा आमिरले किरणसँगको भेटका बारेमा बोलेका छन् । ‘मैले किरणलाई सन् २००१ मा फिल्म ‘लगान’को समयमा भेटेको थिएँ । उनी एक सहायक निर्देशक थिइन् । त्यो समयमा उनी र मबीच कुनै सम्बन्ध थिएन । उनी युनिटको सदस्य थिइन् । रीना दत्त(पहिलो श्रीमति)सँग अलग्गिएको केही समय पछि मैले किरणलाई भेटें,’ आमिरले भनेका छन् ।

आमिरका अनुसार उनलाई किरणको फोन आएको थियो र उनीसँग एक घण्टा गफ गरेका थिए । ‘मैले फोन राखेपछि ममा उनीसँग कुराकानी गर्दा खुशीपनको अनुभव भयो । त्यही बेलादेखि मलाई किरणसँग फोनमा कुराकानी गर्दा मलाई खुशी महशुस भइरहेको अनुभव हुन्थ्यो’, उनले भनेका छन् ।

आमिर कठोर महिला मनपराउछन् । उनको अनुभवमा पहिलो श्रीमति रीना र दोस्रो श्रीमति किरण उनका लागि कठोर महिला हुन् । रीनासँग सम्बन्धविच्छेद पछि पनि आमिरको उनीसँग राम्रो सम्बन्ध छ । रीना र आमिर पानी फाउण्डेसनमा सँगै काम गर्छन् । जहाँ रीना सीआईआई छिन् ।

रीना र आमिरकोबाट दुई सन्तान आयरा र जुनैद खान छन् । दुवै रीनासँग बस्छन् । किरण र आमिरले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरे । सन् २०११ मा सरोगेसीका माध्यमले छोरा आजादको जन्म भयो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : २३ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय