मिल्न दबाब दिँदै चन्द्रागिरीमा एमालेका जनप्रतिनिधिको प्रदर्शन | Khabarhub Khabarhub

मिल्न दबाब दिँदै चन्द्रागिरीमा एमालेका जनप्रतिनिधिको प्रदर्शन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिदै काठमाडौँको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् ।

शनिबार चन्द्रागिरिका एमालेतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लाकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउन दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।

उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ०० बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै