अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्।

नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमा यस्तो लेखेका छन्-

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग घोषणाको स्वागत गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । उनले ट्वीटरमा यस्तो लेखेका छन् –

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मुलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

अमेरिकाले पहिलो चरणमा एसियाली मुलुकका लागि ७० लाख डोज खोप वितरण गर्ने जनाएको छ । त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ।

५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकाले घोषणा गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने