नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित) | Khabarhub Khabarhub

नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालले तत्काल कोरोनाविरुद्धको खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने खतरा औँल्याएको छ ।

डब्लुएचओको नेपाल कार्यालयले बिहीबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ । नेपाल अझै कोरोना संकटबाट मुक्त हुने अवस्थामा नरहेको जनाउँदै डब्लुएचओले तत्काल खोप उपलब्ध गराइनु पर्नेमा जोड दिएको छ ।

संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएका हुन् ।

नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोपको दोस्रो मात्रा प्राप्त गरेको बताए ।

उनले भने, ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाखलाई खोपको दोस्रो मात्रा उपलब्ध गराउनु हो । जसमध्ये प्राय ६५ वर्ष उमेरमाथिका उच्च जोखिम समूहका मानिस छन् ।’

डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए ।

‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपाललाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उनले भने, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तात्कालिन उपाय हुनेछ ।’

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ३८ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश