आज दिनभर पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी | Khabarhub Khabarhub

आज दिनभर पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् ।

कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् ।

यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताए । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उनले जानकारी दिए ।

सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : २८ बजे

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,