कोइला कारखानामा आगलागी, करोडौंको क्षति | Khabarhub Khabarhub

कोइला कारखानामा आगलागी, करोडौंको क्षति


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आगलागीबाट कति क्षति भएको विवरण नआइसकेपनि करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आलगाली भएको हो ।

आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका थिए ।

मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट दमकल आएपछि आगो नियन्त्रणमा आइसेकको छ ।

बिहान ३ बजेदेखि लागेको आगो नियन्त्रणमा करिब ३ घन्टाभन्दा बढी समय लागेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर