आईपीएल : राजस्थानको जितमा बटलरले बनाए शतक | Khabarhub Khabarhub

आईपीएल : राजस्थानको जितमा बटलरले बनाए शतक


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

दिल्लीमा राजस्थानले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि मनिस पाण्डेले सर्वाधिक ३१ रन जोडे । यस्तै जोनी बेयर्स्टोले ३० रन जोड्दा कप्तान केन विलियम्सनले २० रन बनाए ।

राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले १ सय २४ रनको शतकीय इनिङ्स खेले । आईपीएलमा पहिलो शतक बनाउने क्रममा उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए । यास्भी जैशवाल १६ रनमा आउट हुँदा रियान परागले अविजित १५ रन बनाए ।

जितसँगै राजस्थान ७ खेलमा ६ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । पराजित २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ५० बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको