नबिल र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता | Khabarhub Khabarhub

नबिल र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा. लिबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटीभ सोलुसनकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् ।

‘नबिल बैंकले सदैव दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ,’ साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहीत छौं ।’

आर एण्ड डी सोलुसन्सकी अध्यक्ष न्हेम्हाफुकीले नेपालको कृषि क्षेत्रमा विभिन्न संरचनागत समस्यामध्ये प्रविधिको उपयोग र वित्तीय पहुँच रहेको भन्दै सरकारको सहुलियत कर्जा स्कीमले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०६ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।