यु–१६ क्रिकेट : दाङ र पाल्पाको विजयी शुरूवात | Khabarhub Khabarhub

यु–१६ क्रिकेट : दाङ र पाल्पाको विजयी शुरूवात


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको भैरहवामा ‘लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ शुरू भएको छ । ‘बलियो नेपाल’ को आयोजनामा शनिबार टी–२० क्रिकेट शुरू भएको हो ।

शनिबार भएका दुई खेलमा दाङले प्यूठानलाई १२६ रन र पाल्पाले नवलपरासीलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरूवात गरेका छन् ।

सिद्धार्थ रङ्गशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको दाङले ९ विकेटको क्षतिमा १७६ रनको योगफल बनायो । उसका लागि आशिष ओलीले ५९ बलमा ११ चौकाको मद्दतले अविजित ६८ रन बनाए ।

यस्तै, प्रभाकर कुँवरले २५, रोहित डाँगीले २१ र अभिषेक चौधरीले १६ रन बनाए । बलिङमा प्यूठानका अविनाश सापकोटाले ३, विशाल रायमाझी र पशुपति खनालले १—१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यूठान ११.५ ओभरमा अलआउट हुँदै ५० रनमै समेटियो । उसका लागि समसेर भट्टले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा रोक्न बलिङमा दाङका सुजल ओलीले ४ ओभरमा १ मेर्डन राख्दै १७ रन खर्चेर ४ विकेट लिए । आशिषले ३, केरमान घर्तीमगरले २ र आयुष ओलीले १ विकेट लिए । आशिष ओली म्यान अफ द म्याच भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनायो । उसका लागि विष्णुहरि थापाले मगरले ३५, नुर आलम अन्सारीले १३, अभिषेक पटवाले ११ र कृष्णचन्द्र चौधरीले १० रन बनाए । बलिङमा पाल्पाका सुदीप जिसी र नरेश सूर्यवंशीले समान ४—४ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले ११.५ ओभरमा २ विकेटको क्षतिमा ९९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रूपेश बस्यालले ४६, रूपक सापकोटाले १८ र अलिक सुनारले १७ रन बनाए ।

बलिङमा नवलपरासीका विजयकुमार लोहार र रितेश भट्टराईले १—१ विकेट लिए । नरेश सूर्यवंशी म्यान अफ द म्याच भए ।
पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले ‘बलियो नेपाल’ ले पहिलो पल्ट ‘प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगिता’ आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी