हाम्रो कार्यक्षमतामा न्यूनता देखिएको छ, काम गर्न खबरदारी गरौँ, अवरोध नगरौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

हाम्रो कार्यक्षमतामा न्यूनता देखिएको छ, काम गर्न खबरदारी गरौँ, अवरोध नगरौँ : प्रधानमन्त्री

५७ अर्ब १० करोडको लागतमा ३ वर्षमा सडक बन्नेछन्


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट १ सय ६५ सडक शिलान्यास गर्दै प्रधानमन्त्रीले आज शिलान्यास भएका सडक समयमै निर्माण सम्पन्न गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् ।

उनले आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने बताए । एउटै कामका लागि विभिन्न क्रियाकलाप अवरोधक भएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले भने, ‘काम हुन भन्दा पनि पहिला विभिन्न हाम्रै संसदीय समितिले छलफलका लागि बोलाउने, काम रोक्न निर्देशन दिने गरिएको छ । यसले पार्ने असरका बारेमा सोच्नुपर्छ । यदी कमकमजोरी भएको छ भने सरोकारवाला निकायलाई घच्घच्याउनुपर्छ काम रोक्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा प्रतिकुल असर पर्नेगरी कसैले कुनै काम गर्न नहुने बताए ।

उनले आज शिलान्यास भएका सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्नै पर्ने बताए । ‘५७ अर्ब १० करोडको लागतमा ३ वर्षभित्र (२०८० सालभित्र) सम्पन्न हुने गरी हामीले शुरू गरेका छौँ । यसले कमसेकम दुई लेनको सडक निर्माण गर्नेछ । यसका लागि सडकका बेग्ला बेग्लै मापदण्ड छन्,’ प्रधानमन्त्रीले भने, ‘आज हामीले शिलान्यास गरेका सडक तीन वर्षभित्र सम्पन्न हुनेछन् । यी काम समयमै सकिएको हेर्न चाहन्छु । जनताको चाहना पनि त्यही हुनेछ ।’

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : १३ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ