'राष्ट्रव्यापी अभियान' घोषणा गर्न  नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक  बस्दै | Khabarhub Khabarhub

‘राष्ट्रव्यापी अभियान’ घोषणा गर्न  नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक  बस्दै


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायतका ‘राष्ट्रव्यापी अभियान’ घोषणा गरिने नेता योगेश भट्टराईले बताएका छन् ।

नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

खनाल-नेपाल समूहले नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालिसकेको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता नेपाल, नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, र भीम रावललाई अनुशासनको कारबाही भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद झन् चर्किएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरा नै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला सुनाएपछि संस्थापन पक्षले फागुन २८ मा बैठक राखेर खनाल-नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो । सोही बैठकले  रामबहादुर थापा बादल लगायतका २३ माओवादी केन्द्रका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि खनाल-नेपाल पक्ष रूष्ट छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : १५ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा