गौतम बुद्धको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग



काठमाडौँ- पशुयज्ञको विशाल आयोजना भइरहेको थियो । टिलिक्क टल्केको तलबार बोधेर क्रूर बधिक आदेशको प्रतीक्षामा थियो । त्यसै बेला तथागत गौतम बुद्ध प्रवेश गरे । राजा अजातशत्रुले उनलाई ढोग गरे । तथागतले एउटा सिन्का दिएर भने— राजन, यसलाई भाँचेर देखाउनुहोस् ।

अज्ञातशत्रुले त्यसलाई दुई टुक्रा पारे ।

तथागतले भने— राजन अब यी टुक्रालाई जोड्नुहोस् ।

यस्तो कसरी सम्भव छ, भगवान् ?’ अज्ञातशत्रुले सोधे ।

हो, सिन्कालाई जोड्न सम्भव छैन । त्यसैले कसैमा प्राण हाल्न सक्दैनौँ भने तिमीलाई कसैको प्राण हरण गर्ने अधिकार पनि छैन । आफ्ना पाप कर्मलाई यी निरीह, निर्दोष र मूक प्राणीको बलिबाट मेटाउन सकिँदैन । पशु हिंसाबाट तिम्रो पापमा वृद्धि हुनेछ । जुन प्राण हामीमा छ, त्यही यिनमा पनि छ । प्राणी मात्रलाई आफू समान सम्झेर व्यवहार गर्नु धर्म हो ।’

बुद्धका कुरा सुनेर अज्ञातशत्रुले पशुलाई छाडिदिए ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : १९ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार