इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण | Khabarhub Khabarhub

इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिकाका १२ वडामा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरू हुने भएको छ ।

राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरू हुने भएको हो । नगरका सबै १२ वडामा राष्ट्रिय परिचयपत्रका वितरण गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचय पत्र दिइनेछ ।

एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए ।

फोटो खिच्नका लागि नागरिकता सक्कलै, विवाहित महिलाको हकमा माइतीकै थर, ठेगानाबाट नागरिकता लिएको भए विवाह दर्ता, बसाईं सरी आउनेले बसाईं सराईको प्रमाण पत्र साथमा लिएर सम्बन्धित वडा कार्यालयमा जानका लागि वडा कार्यालयहरूले सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय