प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने | Khabarhub Khabarhub

प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरेकोमा खेद व्यक्त गरेको छ ।

लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण मानिने संवैधानिक अंगको स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड माधव समूहले खेद व्यक्त गरेको हो ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ ।

त्यसका लागि प्रचण्ड–माधव समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने भएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ ।

प्रचण्ड–माधव समूहको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषय संसद सचिवालय र निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३१ बजे

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको