बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६०५ जनाले कोरोना जितेका छन् ।

त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुन अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ ।

नेपालमा हाल ७६६ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७३ हजार ५११ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ३१ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार