चन्द्र यात्रामा जान इच्छुक आठ जनाको खोजी गर्दै जापानी अर्बपति | Khabarhub Khabarhub

चन्द्र यात्रामा जान इच्छुक आठ जनाको खोजी गर्दै जापानी अर्बपति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानिज अर्बपति युसाका माएजावाले आफूले गर्न लागेको चन्द्रमाको यात्रामा विश्वभरीबाट छानिएका आठ जना मानिसलाई निःशुल्क लैजाने घोषणा गरेका छन् ।

एलन मस्कको स्पेसएक्स रकेटबाट आगामी सन् २०२३ मा हुने डियरमुन नामक अन्तरिक्ष मिसनमा युसाकाले आफूसँगै आठ जनालाई चन्द्रमाको यात्रामा लैजान लागेका हुन् ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्’ उनले ट्वीटरमा राखेको भिडियोमा भनेका छन् । त्यसका लागि उनले त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन् ।

पुरै यात्राका लागि आवश्यक खर्च आफूले गर्ने र सहभागीहरूको यात्रा निःशुल्क हुने जानकारी दिएका छन् ।

यो मिसनमा सहभागी हुनका लागि आवेदकहरुले दुईवटा मापदण्ड पूरा गर्नुपर्दछ । उनीहरु ‘जुनसुकै गतिविधिमा भए पनि उनीहरुले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रुपमा सहयोग गर्नुपर्नेछ’ र ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न इच्छुक हुनुपर्नेछ ।’

आफूले सबै सिटहरू किनिसकेको र यो यात्रा निजी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ३५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन