सांसदलाई काठमाडौँ नछाड्न कांग्रेसको निर्देशन | Khabarhub Khabarhub

सांसदलाई काठमाडौँ नछाड्न कांग्रेसको निर्देशन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो ।

शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन । संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसाल बताइन ।

केही दिन अघि नेकपाको दाहाल–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ४२ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको