युभेन्ट्सको सहज जित, रोनाल्डोले बनाए कीर्तिमान | Khabarhub Khabarhub

युभेन्ट्सको सहज जित, रोनाल्डोले बनाए कीर्तिमान


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।

घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

यभेन्ट्सका लागि ६२औँ मिनेटमा अल्भारो मोराटा, ७१औँ मिनेटमा फेडेरिको चिएसा र ८९औँ मिनेटमा रोनाल्डोले गोल गरे ।

पछिल्लो गोलसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

जितपछि तेस्रो स्थानको युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी सात अंकमा झारेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ४५ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१