समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह | Khabarhub Khabarhub

समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरे ।

मन्त्री गुरुङले भने, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन् द्वन्द्व होइन् अराजकता होइन् नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ ।’

समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाइ छ ।

मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : २० बजे

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क