नेकपा स्थायी कमिटी बैठक : नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन (भिडियोसहित) | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक : नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (दाहाल–नेपाल) पक्षले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपालको संयोजकत्त्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।

बैठकले संसद् विघटनविरुद्ध शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन गरेको छ ।

बैठक भोलि दिउँसो पुनः १ बजे बस्ने गरी सकिएको हो । सोमबारको बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै दाहाल-नेपाल पक्ष आन्दोलनरत छ ।

दाहाल-नेपाल समूहले संसद विघटनको कदम असंवैधानिक भन्दै पुनस्थापनाको माग गर्दै आएको छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र