कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।

कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइरालाको विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : १८ बजे

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन