मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक  कात्तिक २२ गते डाकिएको छ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो ।

मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।   बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ४२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार