‘ओभर डोज’को फष्टलुक सार्वजनिक | Khabarhub Khabarhub

‘ओभर डोज’को फष्टलुक सार्वजनिक


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर तोकिएको छ ।

अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् ।

प्रनिशराज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवनकुमार केसीले निर्माण गरेका हुन् ।

फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवनकुमार केसीले बताए । ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरुको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भने ‘फिल्म सबैले रुचाउँने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उदेश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले सुनाए ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

अव फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले फिल्म ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठले बताए । ‘ओभर डोज’ मात्र होइन । त्यसपछि पनि म लगातार फिल्म रिलिज गर्छु’ उनले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ३१ बजे

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको