निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान | Khabarhub Khabarhub

निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ ।

भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैर अमेरिकी फ्लीट सञ्चालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

गस्ती एयरक्राफ्ट भारतीय नौसेनाको ‘फ्लीट’को अभिन्न हिस्सा रहेको जनाइन्छ । सुरुमा भारतीय नौसेनाका लागि सन् २०१६ मा आठवटा विमानहरू र चारवटा थप विमानहरू ल्याउनका लागि रक्षा मन्त्रालयले आदेश दिएका थियो ।

विज्ञप्तिमा भनिएको छ, “यसका अतिरिक्त चारवटा विमानका लागि विकल्प सम्झौता अन्तर्गत डेलिभरी हुने दोस्रो विमान हो । यो विमान समुद्री क्षेत्र, पनडुब्बी युद्ध क्षमताका अतिरिक्त, पी८ आईलाई प्रकोप राहत र मानवीय अभियानहरुमा समेत सहयोगसिद्ध हुनेछ ।”

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ५५ बजे

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन