इजाजतविना उपचार गरेको आरोपमा तीन जना पक्राउ | Khabarhub Khabarhub

इजाजतविना उपचार गरेको आरोपमा तीन जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजाजतविना बिरामीको उपचार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार घर भइ काठमाडौं महानगरपालिका–७ बस्ने ३१ वर्षीय सौरभ कुमार, महोत्तरीका ४० वर्षीय डा. रावेत रञ्जनकुमार ठाकुर र दोलखाका ४६ वर्षीय राधाकृष्ण तामाङ छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार हेल्दी स्माइल ओमकार डेण्टलमा चिकित्सा सम्बन्धी पेशा गर्न इजाजत प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रूपमा काम गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न थप अनुसन्धान भइरहेको डीआइजी सिंहले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज