युरोकप फुटबल : स्वीट्जरल्याण्डविरुद्ध स्पेनको शुरुवाती अग्रता | Khabarhub Khabarhub

युरोकप फुटबल : स्वीट्जरल्याण्डविरुद्ध स्पेनको शुरुवाती अग्रता


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जारी खेलमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले शुरुवाती अग्रता लिएको छ ।

क्वाटरफाइनलको पहिलो हाफमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले १-० गोल अन्तरको अग्रता बनाएको छ । खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी छ ।

स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको हो ।

स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

आजको खेलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछ । स्वीट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३३ बजे

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री