कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा प्रदर्शन | Khabarhub Khabarhub

कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा प्रदर्शन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजना कार्यालयको उद्घाटन गरेसँगै परियोजनाको विरोध भएको छ ।

कालीगण्डकी सरोकार युवा समूहले काठमाडौFमा बिरोध प्रदर्शन गरेको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना जनविरोधी, सभ्यताविरोधी भएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘कालीगण्डकी डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनौं’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीले उक्त आयोजनाले कालीगण्डकीको अस्तित्वलाई पनि समाप्त पार्ने भएकाले विरोध गरिएको बताए ।

कालीगण्डकी डाइभर्सनलाई रोक्न गण्डकी प्रदेशले समेत माग गरिरहेको छ । साथै, सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन पनि दायर भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ५२ बजे

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त