२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा १,  झापामा ८६, धनकुटामा १०, तेह्रथुम २, भोजपुर २,  मोरङमा २९, संखुवासभा २ र सुनसरीमा ७३ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४, पर्सामा १,  बारामा ४, महोत्तरीमा १२, रौतहटमा ३, सप्तरीमा ३७, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

कहाँ कति थपिए ?

बागमती प्रदेशको काठमाडौंमा ३१६, काभ्रेमा ३०, चितवनमा ५३, दोलखामा २, धादिङमा ५२, नुवाकोटमा ३६, भक्तपुरमा ३४, मकवानपुरमा २९, रसुवा १०, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६४, गोरखामा ६, तनहुँमा २५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ८, म्याग्दीमा ९, लमजुङमा ४, बागलुङमा २१ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २४, गुल्मीमा ३७, दाङमा १४, नवलपरासीमा ३, पाल्पामा २३, प्युठानमा १,   बाँकेमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १६, सल्यानमा १, सुर्खेतमा १४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा ७, कैलालीमा १९, डडेल्धुरामा १, बैतडीमा १, बाजुरामा १ र डोटीमा ३९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : २९ बजे

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

संविधानलाई पूर्ण बनाउन सबैको ऐक्यवद्धता जरुरी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६