शत्रुघ्न भन्छन्– शोलेको प्रस्ताव अस्वीकार गर्नु मानवीय गल्ती | Khabarhub Khabarhub

शत्रुघ्न भन्छन्– शोलेको प्रस्ताव अस्वीकार गर्नु मानवीय गल्ती


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– भारतीय टेलिभिजनको गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १२’मा यो साता अभिनेता शत्रुघ्न सिन्हा श्रीमति पुनम सिन्हाका साथ उपस्थित हुँदैछन् । यो शोमा प्रतिष्पर्धीले शत्रुघ्नका फिल्मका सुपरहिट गीत गाउनेछन् । यो शोमा उनले फिल्म ‘शोले’ को प्रस्ताव किन अस्वीकार गरे भन्ने बारे कुरा खोलेका छन् ।

शोमा निर्णायक हिमेश रेशमियाले शत्रुघ्नलाई फिल्म ‘शोले’मा अभिनय गर्न अस्वीकार गर्ने कारण सोधेका थिए ।

‘तपाईं यसलाई मानवीय भूल भन्न सक्नुहुन्छ । रमेश सिप्पी सा’ब ठूला फिल्म बनाउने गर्नुहुन्थ्यो । उहाँले ‘शोले’ बनाउनुभयो । जुन ब्लकबस्टर साबित भयो । विश्वका चर्चित फिल्म निर्माता, भारत रत्न र ओस्कार विजेता स्वर्गीय सत्यजीत रे साहबले पनि सराहना गर्नुभएको थियो’, उनले भनेका छन् ।

शत्रुघ्नले आफू मसलेदार फिल्ममा काम गर्ने भएका कारणले पनि ‘शोले’मा अनुबन्धित हुन नपाएको खुलाए ।

‘त्यो समयमा लगातार दुई हिरो हुने फिल्मको छायांकनमा व्यस्त थिएँ । म यसलाई मानवीय गल्ती भन्छु अथवा मेरो शैलीको मसलावाला थिएन । म दुःखी छु । सँगै म खुशी पनि छु कि ‘शोले’का कारण राष्ट्रिय आइकन तथा मेरो नजिकका साथी अमिताभ बच्चनले अवसर पाए’, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : २० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला