के हो फ्याटी एसिड ? कसरी बढाउने ? | Khabarhub Khabarhub

के हो फ्याटी एसिड ? कसरी बढाउने ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विभिन्न खानेकुरा र माध्यामबाट प्राप्त हुने फ्याटी एसिड शरीरकालागि आवश्यक मानिन्छ । यो एक प्रकारको बोसो हो । यसले शरीरमा उर्जाको सञ्चार हुन्छ । साथै हृदय रोग, एलर्जी वा डिप्रेसनबाट पनि रक्षा गर्छ ।

शाकाहारी र मांसाहारी दुवै स्रोतबाट हामीले ओमेगा ३ फ्याटी एसिड प्राप्त गर्न सक्छौ । ओमेगा ३ ले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसका लागि निम्न खानेकुराको सेवन लाभदायी हुन्छ ।

१. बदाम फ्याटी एसिडको अत्यन्त ठूलो स्रोत हो । दैनिक बदाम खाने गरेमा यसले शरीरमा लाभै लाभ पुर्याउँछ ।

२. ओखर केवल फ्याटी एसिड मात्र होइन, प्रोटीन र डाइटरी फाइबरको पनि राम्रो स्रोत हो । यसमा म्यागनीज, कपर, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसलाई दैनिक खान सकिन्छ ।

३. आलसमा ओमेगा ३, लिगनेन्सका अलावा धेरै प्रकारका पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । यो घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर र प्रोटिनको राम्रो स्रोत हो । यसलाई दिनभरीमा तीन ग्रामसम्म लिन सकिन्छ । अचार बनाएर पनि यसको उपभोग गर्न सकिन्छ ।

४. भाङको बिउमा पनि फ्याटी एसिडसहित केही पोषण तत्व हुन्छ । यसमा प्रोटीन, भिटामिन ईका साथमा फस्फोरस, पोटासियम, सोडियम, सल्फर, क्याल्सियम, आइरन र जिंक जस्ता खनिज पदार्थ पाइन्छ ।

५. जैतुनको तेलमा फ्याटी एसिडको भरपुर मात्रा हुने भएकाले यसको दैनिक उपभोगले शरिरमा धेरै प्रकारको फाइदा मिल्दछ ।

६. सबै अन्न शरीरकालागि महत्वपूर्ण हुन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ ।

७. अन्डाको सेतो भागमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा हुन्छ । यसमा ९ प्रतिशत क्याल्सियम, आइरन, फस्फोरस, जिंक, थाइमीन, भिटामिन बी ६ र बी १२, फोलिक एसिड र प्याथोथेनिक एसिड पनि पाइन्छ ।

८. हरियो साग सहित हामीले खाने कतिपय तरकारीमा फ्याटी एसिडको गुण प्राप्त हुन्छ ।

९. तोरीको तेलमा स्याचुरेटेड फ्याट कम हुन्छ र यसमा ओमेगा ६ र ओमेगा ३ दुवै प्रकारका फ्याटी एसिड रहेको हुन्छ । अन्य तेलमा सोयाबीन, ओखर, आलस आदिको तेल पनि लाभदायक हुन्छ । तर, यसको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनभरमा ३ देखि ४ चम्चाभन्दा बढि लिनु हुँदैन ।

१०. सोयाबिन हाम्रो शरीरमा फ्याटी एसिड पुर्‍याउने बलियो स्रोत हो । सोयाबिनमा प्रोटिन, आइसोफलेवोन्स, फाइबर, लेसीथिन, कार्बोहाइड्रेट्स र माइक्रोन्यूट्रेट्स आदि पाइन्छ । विभिन्न एजेन्सीको सहयोग

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला