जीर्ण पाइपका कारण खानेपानी चुहावट, धारामा धमिलो पानी | Khabarhub Khabarhub

जीर्ण पाइपका कारण खानेपानी चुहावट, धारामा धमिलो पानी


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठ गुनासो गर्छन् ।

‘खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी आउँदैन’ उनले गुनासो गरे । मेलम्चीबाट ल्याएको पानीको ठूला पाइप घरमुनिबाट गए पनि मुहानस्थलकै स्थानीयवासीले खानेपानी पाएका छैनन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका कार्यालय प्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ ठाउँबाट चुहावट हुने गरेको स्वीकार छन् । चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरेको उनको दाबी छ ।

मेलम्चीको पानी राजधानीमा वितरण शुरु गरेपछि महाँकालचौरसम्म पुरानै पाइपलाइनबाट पानी दिने गरी व्यवस्थित गरिएको लिमिटेडले जनाएको छ । बस्ती कम हुँदा सानो पाइपबाट काठ क्षेत्रमा पानी वितरण गरिएको थियो । बस्ती बढेपछि सानो पाइपबाट धेरै जनसङ्ख्यालाई पानी वितरण गरिँदा कतै आउने कतै नआउने हुने गरेको छ ।

ठूलो पाइपबाट पानी वितरण गर्न जाँच भइसकेको शाखा प्रमुख मरहट्ठाले जानकारी दिए । पहिले पाइप खेतबारीबाट लगिएको थियो सडक बनेको थिएन । सानो गोरेटोबाटोमात्र थियो । अब धेरै स्थानमा सडक बनिसकेकाले सडकबाट पाइप राख्न लागिएको लिमिटेडले जनाएको छ ।

सुन्दरीजल पानी प्रशोधन केन्द्र जीर्ण भएकाले महाँकालचौरभन्दा माथिका धारामा धमिलो पानी आउने गरेको छ । यस क्षेत्रको धारामा पिउन त परै जाओस् घरायसी प्रयोजनमा समेत उपयोग गर्न नसकिने पानी आउने गरेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला धारामा पानी नपाएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढाको ढुङ्गेधारामा जान बाध्य छन् । पानी खोज्न जाँदा कोरोना फैलने डर बढेको स्थानीयवासी रञ्जु पुडासैनीको गुनासो छ ।

लिमिटेडले तालिका बनाएर खानेपानीको व्यवस्था गरिदिए कोरोनाबाट बच्न सहज हुने भए पनि यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधिलगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।–रासस

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ३ : ०८ बजे

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच सम्झौता

ललितपुर– गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर-१ महालक्ष्मिस्थान

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

दमौली– तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप