अमेरिकी विदेशमन्त्रीले भने- चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्छ | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्रीले भने- चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्छ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले चीनलाई परास्त गर्नका लागि अमेरिका र बेलायत एक हुनुपर्ने बताएका छन् ।

अमेरिकासँगको व्यापार युद्ध समाधान हुनै लागेको समयमा शुरू भएको कोरोना प्रकोपले महामारीको रुप लिएसँगै चीनको पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको हो ।

कोरोना महामारीका कारण चीनबाहिरको विश्व आक्रान्त बन्दै गएको छ भने चीनमा कोरोना महामारी शून्यतर्फ झरेको छ । यससँगै चीनले दक्षिण र पूर्वी चीन सागरमा हस्तक्षेप गरिरहेको छ भने एसिया र इण्डो प्यासेफिक क्षेत्रमा पनि आफ्नो प्रभावलाई विस्तार गरिरहेको छ ।

यस्तो अवस्थामा पश्चिमा राष्ट्रहरुले चिनियाँ प्रभावलाई रोक्ने रणनीति बनाइरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले चीनले सिर्जना गरेका समस्याहरुको र चुनौतीहरुलाई सम्बोधन गर्न अमेरिकी र बेलायती विदेश नीतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रपति बाइडेन प्रशासनको सन्देश लिएर बेलायत पुगेका विदेशमन्त्री ब्लिनकेनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेट गरेका हुन् । उक्त भेटपछि उनले अमेरिका र बेलायत मिलेर अघि बढ्नुपर्ने र द्विपक्षीय राष्ट्रिय हित र विदेश नीति निमार्णमा मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

बेलायती प्रधानमन्त्रीसँगको भेटका क्रममा उनीहरुबीच तत्कालको कोभिडको सामना गर्ने, वातावरण र अन्य अन्तर्राष्ट्रिय प्राथमिकतामा प्रगति हासिल गर्ने र अमेरिका तथा बेलायतको सहयोगलाई निरन्तरता दिने विषयमासमेत सहमति भएको छ । उनीहरूले बेलायत र अमेरिकाका सहयोगलाई स्वागत गरेका छन् ।

यसअघिको क्वाड बैठकले पनि चीनविरुद्ध एक भएर अघि बढ्ने सहमति जुटेको थियो भने जी ७ को बैठकले पनि चीनको प्रभावलाई कम गर्न भूमिका खेल्ने बताएका छन् ।

स्रोत :  द टाइम्स

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ५० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम