एमाले नगर कमिटीले खरिद गर्‍यो ५० थान अक्सिजन सिलिण्डर | Khabarhub Khabarhub

एमाले नगर कमिटीले खरिद गर्‍यो ५० थान अक्सिजन सिलिण्डर


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ ।

विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उहाँले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए ।  बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएकोे छ ।

मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने

दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ ।

नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो ।

नगरस्तरीय कोभिड सङ्क्रमण नियन्त्रण कार्यदलले आइतबार र बुधबार मध्याह्न १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोही समयमा एन्टिजेन परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ । दुवै परीक्षणका लागि स्वाब सङ्कलन स्थल भने मेचीनगर–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ४३ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले