गठबन्धन सरकारका दावेदार केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रचण्डको माग | Khabarhub Khabarhub

गठबन्धन सरकारका दावेदार केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रचण्डको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको घटनाको भर्त्सना गर्दै निर्णय सच्याउन माग गरेका छन् ।

आइतबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रस्ताव गरिएका कुलप्रसाद केसीलाई तत्कालै मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्बिनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ उनले प्रदेश प्रमुखबाट भएको गल्ती सच्याउन भनेका छन् ।

‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ उनले जारी गरेको प्रेस विज्ञप्ति

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ३६ बजे

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै