लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेले दिए राजीनामा | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेले दिए राजीनामा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद हृद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।

उनले लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु ।’

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : १३ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा