प्रदेशसभा सांसद खत्री माओवादी केन्द्रमा रहने, एकल बहुमत पुर्‍याउन पोखरेललाई समस्या | Khabarhub Khabarhub

प्रदेशसभा सांसद खत्री माओवादी केन्द्रमा रहने, एकल बहुमत पुर्‍याउन पोखरेललाई समस्या


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छन् ।

सांसद खत्रीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । उनले वैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरी औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको स्पष्ट पारिन ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरूले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरूले धेरै सहयोग गर्नुभएको हो ।’

उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।

सांसद खत्रीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

खत्रीको यो निर्णयसँगै मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट एकल बहुमत जुटाउने शंखर पोखरेलको योजना विफल भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : १८ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई