बाइडेनले शत्रुतापूर्ण नीति लिए :  उत्तर कोरिया | Khabarhub Khabarhub

बाइडेनले शत्रुतापूर्ण नीति लिए :  उत्तर कोरिया


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन शत्रुतापूर्ण नीतिका साथ अघि बढेको आरोप उत्तर कोरियाले लगाएको छ ।

बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागेको उत्तर कोरियाको विदेश मन्त्रालयले आरोप लगाएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा छ ।

गत साता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भनेपछि उसको यो धारणा सार्वजनिक भएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणी ठूलो गल्ती रहेको बताएको छ ।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नु पर्नेमा अमेरिकाले दबाब दिँदै आएको छ तर उत्तर कोरियाले पहिला आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा हुनु पर्ने सर्त राख्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : १० बजे

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको