प्रधानमन्त्रीको प्रश्न : आफू शासनमा पुग्यो अग्रगमन, नपाउँदा प्रतिगमन ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीको प्रश्न : आफू शासनमा पुग्यो अग्रगमन, नपाउँदा प्रतिगमन ?


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा सरकारलाई अहिले पनि सहज वातावरणमा काम गर्न नदिएको गुनासो गरेका छन् ।

मेलम्चीको पानी वितरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले पनि जनताको जागेको चेतनालाई रोक्न नसक्ने बताउँदै सरकारलाई अहिले पनि काम गर्न नदिइएको गुनासो गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरुले प्रतिगमन भयो भन्दै ‘स्याल हुइँया’ मच्चाएको आरोप लगाए ।

हेरौँ भिडियो

उनले नेपालमा कसरी प्रतिगमन भयो भन्दै प्रश्नसमेत गरे । उनले अवैध बाटोबाट आफू प्रधानमन्त्री बन्दा हुने अनि प्रतिगमन भयो भन्दै जनता अलमल्याउने ? भन्दै प्रश्न गरेका थिए ।

‘कोही शासनमा पुगे क्रान्ति, नत्र प्रतिगमन, संविधान च्यातियो, संघीयता सकियो जस्ता अभिव्यक्ति व्यक्तिगत आकांक्षा पूरा नहुँदा आएका हुन्, यसको पछि सरकार लाग्दैन, विकासका काम अघि बढ्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारको ध्यान देश र जनताप्रति गएको उल्लेख गर्दै उनले विकास निर्माणका लागि लगानी एवं प्रविधि भित्र्याउने प्रतिबद्धता जनाए ।

संसद् तानातानको थलो बनेको भन्दै उनले देश र जनता एवं विकास निर्माणका बारेमा सोच्नेतर्फ संसदको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : २० बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि