बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु | Khabarhub Khabarhub

बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।

स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : २४ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार