भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : १२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी