गगन थापाले दिए ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा | Khabarhub Khabarhub

गगन थापाले दिए ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

सम्बोधनका क्रममा थापाले प्रधानमन्त्री आफैँले ‘मेरो जीउज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गरे । उनले ओलीको बोलीको ठेगान नै नभएको समेत आरोप लगाए ।

उनले पदको मोहले गर्दा नेकपाभित्र भाँडभैलो मच्चिएको दाबी गरे । उनले प्रचण्ड–माधव समूहका नेताहरूले अहिले विरोध जनाए पनि पहिले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक काम कारबाहीलाई सहयोग गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : ३२ बजे

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने 

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको