पत्याउनुहुन्छ ? हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु भइरहेको छ | Khabarhub Khabarhub

पत्याउनुहुन्छ ? हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु भइरहेको छ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ ।

अझ रोचक कुरा त के छ भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जीवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन डिलिट गरिँदैन त ?

कहिलेकाहीँ कुनै मृतकको फेसबुकको टाइमलाइनमा मृतकका शुभचिन्तक, साथीभाइ आदिले यस्ता शब्दहरु लेखेका हुन्छन् मानौँ त्यो व्यक्तिले तत्कालै रिप्लाई दिनेवाला छ ।

मरेको मानिसको टाइमलाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन फ्रेण्ड रिक्वेस्ट समेत पठाइरहेका हुन्छन् मानिसहरु ।

मरेका मानिसका सोसल मिडिया अकाउन्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भइरहेको छ । तर यसको एउटा सकारात्मक पाटो पनि छ । त्यो के भने मृतकको सम्झना जोगाइराख्नका लागि र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोडिराख्नका लागि यो पाटो उपयोगी छ । -एजेन्सी

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : १५ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ