नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव छैन : महासचिव पौडेल | Khabarhub Khabarhub

नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव छैन : महासचिव पौडेल


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् ।

शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागि परेको भन्दै अव विभाजनबाट जोगाउन सम्भव नभएको बताए ।

उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे ।

आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले दाबी गरे ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए ।

संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उहाले बताए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका ‘आरोपपत्र’ नै पार्टी विभाजनको मुख्य कारण रहेको उनले आरोप लगाए ।

प्रचण्डले पद र कुर्चीका लागि ओलीलाई दुबै पदबाट हटाउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ५१ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै