जंगली बँदेलको आक्रमणबाट चार घाइते | Khabarhub Khabarhub

जंगली बँदेलको आक्रमणबाट चार घाइते


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना घाइते भएका छन्।

जंगली बँदेलको आक्रमनबाट लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी घाइते भएका छन्।

घाइते शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए। धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ।

बँदेलले आक्रमण गरी अधिकांश घाइतेको खुट्टा र तिघ्रामा गहिरो घाउ बनाएको छ।

बुटवल रिफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड, छाती लगाए शरीरका विभिन्न भागमा घाउ चोट लागेको छ।

प्रहरी निरीक्षक पौडेलले वन खुलेपछि सुकेका दाउरा र माघीको तयारीका लागि मालुका पात लिन भनेर लमही १ स्थित सिङ्गेखोला सामुदायिक वनमा गएको समयमा जंगली बँदेलले आक्रमण गरेर घाइते बनाएको जानकारी दिए।

‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने, ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ।’

शनिबार माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तरालपछि वन खोलिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १ : ४७ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको