यस्तो छ शिल्पा शेट्टीको फिट रहने सुत्र | Khabarhub Khabarhub

यस्तो छ शिल्पा शेट्टीको फिट रहने सुत्र


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीको सुन्दरताको धेरैले तारिफ गर्छन् । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी ?

आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ । केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् ।

शिल्पा शेट्टी राम्रो नाच्नसक्ने नायिकाहरु पनि गनिन्छिन्। शिल्पाको लचकदार नाच देखेर पनि कतिपयले योगा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् । यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् ।

योग गर्नाले आफ्नो तन र मन दुवै फूर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ । उनी भन्छिन्, तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ । उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।

सुन्दर देखिन उनी किहिल्ज अल्ट्रा फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । भित्रि सुन्दरतामा निखार ल्याउनुपर्ने उनको मान्यता छ ।

बिहानको एक घण्टा घाममा अनुहार देखाउँछिन् ।अनुहारमा जस्तै अवस्थामा पनि उनी साबुन प्रयोग गर्दिनन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी ओयल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् ।

कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्याम्पू र कन्डिसनर बदलिरहन्छिन् । एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर लगाउनाले कपाल बिग्रने उनी बताउँछिन् । सकारात्मक सोँच र चिन्तनले जीवन खुसी हुनसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ३४ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको