रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन | Khabarhub Khabarhub

रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशरथ रंगशालामा ‘युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१’ हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ ।

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै २० मंसिर दशरथ रंगशालमा लागि तय खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ ।

२० गते १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस तथा साँझ पौने ५ बजे हुने खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने तालिका थियो ।

अब, दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ । ‘रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ । त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने ।

उनले सो दुवै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारण समेत लिग तालिका परिवर्तन गर्नुपरेको बताए । एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो ।

शुक्रबार सुरु हुने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : १५ बजे

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै