तेल अभिभ विश्वमा सबैभन्दा महँगो शहर | Khabarhub Khabarhub

तेल अभिभ विश्वमा सबैभन्दा महँगो शहर


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो शहर साबित भएको छ ।

ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको हो । महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।

‍इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै शहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमश: पाँचौं र छैटौँ स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एन्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा परेका छन् ।

– एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : १९ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्