टोकियो ओलम्पिक : एथलेटिक्समा इटालीको सनसनी | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : एथलेटिक्समा इटालीको सनसनी


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओलम्पिक खेलकुदमा अनपेक्षित परिणाम आउने क्रममा आइतबार इटालीले सनसनी मच्चायो । पुरुष सय मिटर दौडमा इटालीका एलएम ज्याकोब्सले स्वर्ण पदक जिते । अमेरिकाका केरेलीले रजत र क्यानडाका आन्द्रे ग्रासले कास्य पदक जिते ।

हाई जम्पमा पनि इटाली सनसनी नै मच्चायो । ताम्बारो गानमारोले विश्व च्याम्पियन कतारका मुताज इसा बसारीसँग संयुक्त स्वर्ण पदक जिते । बुल्गेरियाका नादेसाकु मायुमले कास्य पदक जिते ।

एथलेटिक्सको महिला ट्रिपल जम्पमा भेनेजुएलाकी रोजास युलिमारले विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेकी छिन् । सो स्पर्धामा पोर्चुगलकी पापोना मेट्रिकाले रजत तथा स्पेनकी अन्ना पेलेटिरोले कास्य पदक जिते ।

महिला सट पुटमा चीनकी गाङ लिजओले स्वर्ण जितिन् । अमेरिकाकी राभेन सान्डर्सले रजत र न्यु जिल्यान्डकी भालेरी एडम्सले कास्य पदक जिते ।

आइतबार पौडीका अन्तिम पाँच स्पर्धाका फाइनल खेल भए । यसमा अमेरिकाले तीन स्वर्ण पदक जित्यो । पुरुषको मेड्ली रिलेमा अमेरिका नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएको छ । सो स्पर्धामा बेलायतले रजत र इटालीले कास्य पदक जिते ।

अमेरिकाकै केलेब ड्रेसेलले ५० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जिते । यस ओलम्पिकमा उनको यो पाँचौँ स्वर्ण पदक हो । सो स्पर्धामा फ्रान्सका फ्लोरेन्स मालाउडुले रजत र ब्राजिलका ब्रुनो फ्राटसले कास्य पदक जिते ।

महिलाको ५० मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी अम्मा म्याककोनले स्वर्ण, स्विडेनकी सहारा जोर्सटमले रजत र डेनमार्ककी पेरेलिम ब्रुमले कास्य पदक जिते । म्याककोनको यो चौथो ओलम्पिक स्वर्ण पदक हो ।

महिलाको मेड्ली रिलेमा पनि अस्ट्रेलियाले अमेरिकालाई हराउँदै स्वर्ण पदक जित्न सफल भयो । क्यानडाले कास्य पदक जित्यो ।

पुरुष १५ सय मिटरमा अमेरिकाका रोबर्ट फिन्केले स्वर्ण पदक जिते । सो स्पर्धामा युक्रेनका मिखायल रुमान्चुकले रजत र जर्मनीका फ्लोरेन्स उलबर्गले कास्य पदक जिते ।

आइतबार भएको साइक्लिङको बिएम एक्स फ्री स्टाइलमा महिलातर्फ बेलायतकी चार्लेट वेलिङटनले स्वर्ण, अमेरिकाकी हानन रोबर्टले रजत र स्विट्जरल्यान्डकी निकिता डोरजले कास्य पदक जिते ।

पुरुषतर्फ अस्ट्रेलियाका मार्टिन लोगानले स्वर्ण, भेनेजुएलाका डानियल डारियर्सले रजत र बेलायतकी डानीयल ब्रुक्सले कास्य पदक जिते ।

जिम्न्यास्टिकमा सिमोन वाइल्सले प्रतिस्पर्धा त्यागेपछि अमेरिकी टोलीमा यसको लगातार असर परेको छ । आइतबार भएको महिला भोल्टमा ब्राजिलकी आन्ड्रेड रेकेबाले स्वर्ण, अमेरिकाकी मकायाला स्किनरले रजत र कोरियाकी कियो सियोङले कास्य पदक पाए ।

पुरुषको पामेल हर्समा बेलायतका म्याक्स ह्वीटलकले स्वर्ण, चाइनिज ताइपेईका चीन काइले रजत र जापानका काजुमा मायाले कास्य पदक जिते । पुरुषकै फ्लोरमा इजरायलका आर्गेन डल्गोप्याटले स्वर्ण, स्पेनका जपाटा रेडर्लीले रजत र चीनको जियो रुटेङले कांस्य पदक पाए ।

अलराउन्ड च्याम्पियन सुनी लीले स्वर्ण जित्ने अपेक्षा गरिएको महिला अनइभन बारमा बेल्जियमकी निना डेरवालले स्वर्ण पदक जितिन् । रुसी ओलम्पिक कमिटीकी अनास्टासिया इलिकोनोभाले रजत जितिन् । ली कास्य पदकमा सीमित भइन् ।

डाइभिङको तीन मिटर स्प्रिङ बोर्डमा चीनकी सिङ ताओ फाओले स्वर्ण र वाङ हानले कास्य पदक पाए । अमेरिकाकी पालमर केस्टाले कास्य पदक जितिन् ।

गल्फमा अमेरिकाका जान्डर स्कुफलले स्वर्ण, स्लोभाकियाका साबाटानी रोरीले रजत र चाइनिज ताइपेईका प्यान सिटीले कास्य पदक जिते ।
फेन्सिङमा पुरुष टिम फोइलमा फ्रान्सले स्वर्ण, रुस ओलम्पिक कमिटीले रजत र अमेरिकाले कास्य पदक जिते ।

सेलिङमा पुरुष डेन्हेमा अस्ट्रेलियाका म्याट वारेनले स्वर्ण, क्रोएसियाका टोन्की स्टिपोभानिकले रजत र नर्वेका टोमा साग्रे हर्मानले कास्य पदक पाए ।

महिलातर्फ डेनमार्ककी आनेमारीले स्वर्ण, स्विडेनकी जोसे ओल्सनले रजत र नेदरल्यान्ड्सकी मेरिट बाउमसेटरले कास्य पदक जिते ।
टेनिसमा आइतबार तीन स्वर्ण पदकको टुङ्गो लागेको छ । महिला युगलमा चेक गणतन्त्रका क्रेजिकोभा र साइनाकोभाले स्विट्जरल्यान्डका बेन्किक र ग्लुबिकलाई हराउँदै स्वर्ण पदक जिते । रुस ओलम्पिक कमिटीका कारेन जाकानोभलाई हराउँदै जर्मनीका अलेक्जेन्डर गर्जेभले पुरुष एकलको स्वर्ण पदक जिते । मिश्रित युगलमा दुई रुसी जोडीले स्वर्ण र रजत पदक जितेका छन् ।

भारोत्तोलनको ७६ किलोको स्पर्धामा इक्वेडरकी डोल्मेस बारियाले स्वर्ण, अमेरिकाको एलिजावेथ क्याथराइनले रजत र मेक्सिकोका आरेमी जाभलाले कास्य पदक जिते ।

ब्याडमिन्टनको महिला एकलमा चीनकी चेन यु फाइले स्वर्ण पदक जितिन् । चाइनिज ताइपेईकी ताइ जुयिङले रजत र भारतकी पुलसरा सिन्धुले कास्य पदक जिते । यो स्वर्ण पदकसहित चीनले तालिकामा दोस्रो स्थानमा रहेको अमेरिकालाई चार स्वर्णले पछि छाडेको छ ।
आइतबारको खेलको समाप्तिमा चीनको २४, अमेरिकाको २० तथा जापानको १७ स्वर्ण छ ।

–एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ०५ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको